३४ घर परिवारलाई कुखुरा वितरण
बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

बर्दिया,फागुन ७(फरकसमाचार) / विपन्न ३४ घरपरिवारलाई कुखुरा वितरण गरिएको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीका ३४ घरपरिवारलाई बुधबार कुखुरा वितरण गरिएको हो । विपन्न परिवारको जीविकोपार्जन सुधारको लागि कडकनाथ, लोकल क्रस, न्यू हेमसार, अस्ट्रलकलगायत ९ जातका कुखुरा वितरण गरिएको छ ।

कारितास नेपाल इटालिनाको सहयोग, गुलरिया नगरपालिकाको समन्वय र कारितास नेपाल फिल्ड कार्यालय बर्दियाद्वारा संचालित आपतकालिन जिविकोपार्जन तथा पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कुखुरा वितरण गरिएको जनाईएको छ । कुखुराका चल्ला पाएपछि स्थानीय खुसी देखिएका थिए ।

बाढी पीडित बस्तीको आय स्तर वृद्धि गराउने उदेश्यले ३४ घरपरिवारलाई ८ सय ५० कुखुरा वितरण गरेको कारितास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए । ‘ प्रति घरपरिवारलाई २५ वटा कुखुरा दिएका छौं,’उनले भने,‘प्रति कुखुरा रु २ सय ५० का दरले जम्मा रु १ लाख ९१ हजार २ सय ५० बराबरको कुखुरा वितरण गरेका छौं ।’कुखुराको चल्लाको लागि ५ केजी दाना र पानी खुवाउने भाडासमेत उपलब्ध गराउने उनले जनाए ।

यस अघि सो ठाउँका बाढीपीडितका लागि आवास निर्माणमा र आवश्यक तालिम दिई बिउ बिजन उपलब्ध गराई कृषिमासमेत सहयोग गरिरहेको कारितास नेपालकी सामाजिक परिचालक पूजा यादवले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर