पिपीइ ड्रेस लगाएका चालकसहित झापामा छ एम्बुलेन्स तयारी अवस्थामा
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

भद्रपुर, चैत १३ : लकडाउनका बेला चौबीसै घण्टा सेवा पु¥याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको संक्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।

उनले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए । चालकलाई एन९५ मास्कसमेत दिएर हरिहिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे१च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे१च ८९९, उद्योग वाणिज्य संघ मेचीनगरको मे१च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे१च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश१००१झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स रहेका छन् ।

 कोरोना सर्ने डरले एम्बुलेन्स चालकले बिरामी नबोक्ने हुन् कि भन्ने आशंका अब मेटिएको छ । विदेशबाट आएर रुघाखोकी लागेको, होमक्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेका, अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई समेत यी एम्बुलेन्सले जुनसुकै बेला सेवा पुर्याउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर