अलपत्र महिलाको उद्धार
शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

सुर्खेत, वैशाख १९ : कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार गरेका हुन् ।

बिहीवार दिउँसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला निवासी एक महिलाले रुँदै श्रीमानले अर्को विवाह गरेर हिँडेको र आफू बिचल्लीमा परेको भनी भिडियो सार्वजनिक हुने बित्तिकै मन्त्री भण्डारीले उद्धारका लागि खटाएका थिए ।

नेपाली वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक सुर्खेतमा सडकपेटीमा आश्रय लिएको अवस्थामा भेटाइएको कानूनमन्त्री भण्डारीले बताउए। उनले चार हजार घरभाडा सहयोग पनि गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटिएको उद्धारा गएका मन्त्री भण्डारीका स्वकीय सचिव थापाले जानकारी दिए। श्रीमान निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आएकी थिइन्।

“श्रीमानले तिमी बिरामी छौँ, सुर्खेतमै बस भनेर जुम्ला गाउँमा आफ्नो नाममा पाँच लाख रुपैयाँ ऋण झिकेको रहेछ”, नेपालीले भनिन्, “त्यसको अहिलेसम्म ब्याज नतिरी अर्की महिला लगेर उतै बसेको छ भन्ने खबर पाएँ । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकी हुँ ।”

उद्धार गरिएकी नेपालीलाई सकेसम्म आजै जुम्ला पठाइनेछ । नेपालीको भिडियो सुर्खेतका पत्रकार वुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर