भेरी इनर्जी कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्थ बर्दियालाई समृद्ध बनाउँने अभियानमा लागेका छन् । कृषि र सामाजिक क्षेत्रमा उनको प्रयाप्त लगानी छ । बेला बेलामा समाजसेवी र सफल उद्यमी भनेर पन्थको चर्चा सामाजिक संजालमा भाईरल हुन्छ । विचारमा नेकपा जिल्लाको नेतृत्व पंक्तिमा भए देशमा सरकारले लकडाउँन गरे लगत्तै आफनै खर्चमा लाखौको स्वास्थ्य सामाग्री बिपत व्यबस्थापन समितिलाई हस्तान्तर गर्ने जिल्लामा समाजसेवी व्यक्ति भनेर चिनिन्छन् । पन्थले स्वास्थ्य सामाग्री फन्ट लाईनमा काम गर्ने प्रहरी, स्वास्थ्कर्मी र संचारकर्मीलाई उपलब्ध गराएका थिए । पन्थसँग सम्वाददाता बेद प्रकाश गुप्ताले संक्षेपमा गरेको कुराकानी ।
कृषिमा लगानी गर्नु भएको छ ?
गाउँमै बस्छु र कृषि कर्म गर्छु भन्ने उदेश्यले कृषिमा लगानी गरेको छु । यसमा धेरै नाफा कमाउँन भन्दा मेरो पाईलट प्रोजेक्टमा बर्दियाका किसानले लाभान्वित हुन भन्ने हो । बढ्दो बेरोजगारीलाई सम्बोन्धन गरोस भन्ने पनि हो । नयाँ ढंगबाट काम गर्ने सोच बनाएर पाँच बिगाहामा कागती खेती अघि बढाएको छु । कृषि अनुसन्धान केन्द्र वा कृषिमा जिल्ला अब्बल बनोस भन्ने हो ।
तपाईले गर्न थालेको कृषि कस्तो हो र ?
परम्परागत खेती किसानीले किसानको आय आर्जन बढ्न सकेन । किसान कस्तो ठाउँमा कसरी खेती गर्ने बिषयमा अनविज्ञ छन् । परम्परागत खेती किसानीले जिल्ला आय स्तर खस्कदै गएको मैले पाए । थोरै क्षेत्रफलमा कसरी कृषि लाई अघि बढाउँन सकिन्छ देखाउँनका लागि म कृषिमा होमिएको छु । जसबाट बर्दियाली किसान कृषिमा प्रति आर्कषण बढ्छ भन्ने लाग्छ ।
निकुन्जका जनावार बाट पिडित किसानका बारेमा केहि योजना छ ?
जंगली जनवारबाट पिडित किसानलाई लाभ हुने काणे बाश हाइटेक नर्सरीमा उत्पादन सुरु गरेको छु । मेरो उदेश्य किसानलाई नगदे बाली बचाउन लाभान्वित हुने देखेर काणे बासको बिरुवा उत्पादन गर्न थालेको छु । भारत काणे बासलगाएर किसान लाभान्वित भएको देखेकाले काणेबास उत्पादन गर्न थालेको हो । निकुन्ज क्षेत्रमा काणेबाश लगाएर कसरी बाली नाली बचाउँन सकिन्छ भन्ने व्यबहार देखाउँन बाँकी छ। कृषि क्षेत्रलाई फराकिलो बनाएर लैजाने योजना छ ।
नेता, व्यबसायी भन्दा तपाई सामाजिक अभियन्ता भनेर चिन्छन किन हो ?
म कुनै धनाड्य व्यक्ति होइन । सबै कुरा सम्भव भएको मेरो ईच्छा शक्तिले हो । लामो समय देश र विदेशमा पसिना चुहाएर सिकेकोे ज्ञान बाड्ने अभियानमा छु । यूवा विदेश पलायन भईरहेका बेला आफ्नै देशमा केहि गर्न सकिन्छ भनेर देखाउँन चाहन्छु । जसले यूवा पिडि स्वदेशमा रमाउँन प्रेरणा मिलोस हो भन्ने हो । जिल्ला नेता, व्यबसायी र समााजसेवा रुपमा चिनिने हुनाले मैले के गर्न सक्छु कि भन्ने मा नै मेरो ध्यान केन्द्रित हुन्छ । जतिबेला पनि जिल्लाकै लागि केहि गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
कोरोना कहरमा स्वास्थ्य सामाग्री विपद व्यवस्थापनलाई हस्तान्तरण गर्दा आत्म सन्तुष्टि मिलेको छ । बिद्यालय, अध्यन अनुसन्धान केन्द्र, कृषि क्षेत्रमा जिल्लाबासी भएको नाताले लगाानी गर्न बाताबरण मिलेको छ । त्यसैले तन मन र धन सबै कुरा लगाएर जिल्लाबासीको हकहितमा काम गरेको छु । अन्तमा के भन्नु हुन्छ ? बर्दिया सम्भावना बोकेको जिल्ला भएकाले दक्ष र कुशल नेतृत्व पाए कृषि र पर्यटनले छलाङ् मार्छ ।