पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित
बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित

मंसिर १७ (फरक समाचार) मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बनमा परेका छन्। विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

 

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेका हुन्। प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा अनियमितता पुष्टि भएपछि उनीहरुलाई कारबाही सिफारिस भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर