चैत २३,(फरक समाचार)/ आइतबार नियन्त्रणमा " />
मान्छेलाई आक्रमण गर्ने बाघ बर्दियाबाट काठमाडौं
सोमबार, चैत २३, २०७७ मा प्रकाशित

चैत २३,(फरक समाचार)/ आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको बताए ।

गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए । यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक/एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।कान्तिपूर दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर