इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी
सोमबार, चैत २३, २०७७ मा प्रकाशित

चैत २३,(फरक समाचार)/ इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ।

सोमबार मध्यान्ह इटहरी-१० स्थित प्लाई उद्योगमा आगो लागेको हो।

आगो के कारण लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहेका छन्। तर, आगलागी नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी पनि परिचालन भएका छन्।सेतोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर