मङ्गलबार, चैत २४, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २४ (फरकसमाचार)
गुलरिया नगरपालिका–७ बस्ने रामसेवक चमारको घरमा आगलागी भई घर जलेर खरानी भएको छ । सोमबार दिउँसो पौने १२ बजेको समयमा आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । चमारको टायलले छाएको घर पुरै जलेर खरानी भएको प्रहरीले जनाएको छ । मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।