शुक्रबार, चैत २७, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २६
जालसाज मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । बिनोद यादबको जाहेरीले प्रतिवादी गुलरिया नगरपालिका–९ खालेपुर बस्ने २७ वर्षिय पुरणलाल बर्मालाई जिल्ला अदालतले ०७६ साल पुष १८ गते सजाय सुनाएको थियो । बर्मालाई जिल्ला अदालतले १ वर्ष कैद र रु ३० हजार जरिवाना तोकेको थियो । अदालतले सजाय सुनाएको मिति देखि बर्मा फरार रहेका थिए । प्रहरीले बर्मालाई गुलरिया नगरपालिका–९ बाट पक्राउ गरेको हो । प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले बर्मालाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।