एसपी सम्मानित
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

बर्दिया, चैत २७

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्की सम्मानित भएका छन् । राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय भुमिका निर्वाह गरे वापत सम्मान स्वरुप प्रवल जनसेवाश्री मानपदवीबाट बिभूषित हुनु भएको छ । कार्की प्रहरी प्रमुख भएर आएको १ महिनामा नो ड्रग्स अभियान सुरु भएको छ । यस अभियानबाट २ हजार ५ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । त्यसैगरी फरार रहेका प्रतिवादीहरु दिनहु पक्राउ परिरहेका छन् । उनले गरिरहेको कामको जिल्लावासीले अहिले प्रसंसा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर