बर्दियामा विविध कार्यक्रम गरि ४३औं विश्व खाद्य दिवस मनाइयो
मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित

बर्दिया,असोज ३०(फरकसमाचार) / बर्दियामा विविध कार्यक्रम गरि ४३औं विश्व खाद्य दिवस मनाईएको छ । बारबर्दिया नगरपालिकामा विविध कार्यक्रम गरि ४३औं विश्व खाद्य दिवस सोमबार मनाईएको हो । ‘जीवन खाद्यको आधार हो पानी’ भन्ने नाराका नेपालभर विश्व खाद्य दिवस मनाईएको छ । विश्व खाद्य दिवसको अवसरमा बर्दियाको बारबर्दियामा समारोह तथा प्रभात फेरी कार्यक्रम गरि मनाईएको छ ।

खाद्य सम्बन्धि सचेतनामुलक प्लेकार्ड देखाएर प्रभातफेरी पनि निकालिएको थियो । प्रभातफेरीमा सहभागिहरुले हरेकबार खाना चार, खाना फाल्नु अघि,२ छाक खान नसक्नेहरुबारे सोचौं, खेतीको होइन, उन्नत खेतीको कुरा गरौं, प्राङ्गारिक कृषि, दिगो विकास अभिवृद्धि, सन्तुलित भोजन र स्वस्थ जिवन लेखिएको प्लेकार्ड देखाएका थिए ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेकसंगको सहकार्यमा बर्दियामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा विश्व खाद्य दिवसका अवसरमा समारोह तथा प्रभातफेरि कार्यक्रम आयोजना भएको परियोजना संयोजक तर्क बहादुर थापाले बताए । ‘स्थानीय सरकारसंगको समन्वयमा सञ्चालन गरिने यस्ता कार्यक्रमहरु धेरै महत्वपुर्ण हुन्छन्’संयोजक थापाले भने,‘खाद्य, पोषणका साथै खानेपानी तथा सरसफाईका क्षेत्रमा स्थानीय तहको जवाफदेहिता र सहभागीता अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ ।’

नेपालले पछिल्ला वर्षहरुमा खाद्य सुरक्षामा प्रगति हासिल गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनले विभिन्न स्रोतहरुमार्फत् संकलन गरेको तथ्यांक अनुसार नेपाल विश्व भोकमरीको सूचीमा ६९औँ स्थानमा छ । यो सूचीमा नेपालको स्थान प्रत्येक वर्ष सुधार हुँदै आएको छ ।

बारबर्दिया नगरपालिकाको सभाहलमा आयोजित समारोह कार्यक्रम नगरपालिकाकी सामाजिक विकास समितिका संयोजक श्याम कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उप–प्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइलगायत विषयगत समितिका संयोजक, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु,नागरिक समाजका प्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रम संचालन इनरुडेकका प्राविधिक सहायक द्रोणराज उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय