आइतबार, कार्तिक १९, २०८०
मा प्रकाशित
1734
Shares
काठमाडौँ,कात्तिक १९ / आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर एक ओभरमा गएको थियो।
सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। ओमानकाे २२ रनको लक्ष्यमा नेपालले जम्मा १० रन मात्र बनायो । नेपालले यो लक्ष्य प्राप्त गर्न नसकेपछि खेल हारेको हो ।
नियमित खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले ९ विकेट गुमाएर पनि लक्ष्य पूरा गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो।स्रोत नागरिकन्युज