काठमाडौँ,साउन ४/ चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समिति बैठकमा बोल्दै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भीर असर पारेको र विभिन्न रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
उनले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनीकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयको समेत ध्यानाकर्षण गराए । उनले भने, ‘नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थहरुको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन गर्ने, चुरोडमा प्रयोग हुने फलेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भीर रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनीकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने ।’समितिले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थहरुको आयात तथा निर्यातको विवरण उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ । स्रोत ईकान्तिपुर