सीमा विवादबीच भारतका स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै
बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित

काठमाडौँ,मंसिर ५/ भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज (बुधबार)नेपालको चार दिने भ्रमणमा आउन लागेका छन्। नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।

उनको भ्रमणका क्रममा नेपाल–भारत सैन्य सहकार्यलाई सुदृढ गर्ने लक्ष्य रहेको छ। मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाबाट मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ। नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ।

द्विवेदीले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रमुखसँग औपचारिक भेटवार्ता गर्ने छन्। उनी सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न र अन्य सैन्य स्थलहरूको भ्रमण पनि गर्ने नेपाली सेनाले जनाएको छ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर