बर्दिया, फागुन ४ (फरकसमाचार)/गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरमा भव्य रुपमा महाशिवरात्री मनाईएको छ । बगलामुखी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आइतबार भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको हो । यस्तै जिल्ला स्थित विभिन्न मठ मन्दिरमा भव्य रुपमा महाशिवरात्री मनाईएको छ ।
आइतबार बिहान देखि बगलामुखी मन्दिरमा महादेवको पूजा आराधना गर्ने भक्तजनहरुको चहल पहल रहेको थियो । बिहान देखि साँझसम्म मन्दिरमा पूजा गर्ने भक्तालुहरुको घुँइचो देखियो । त्यसैगरि जिल्ला स्थित अन्य शिवालयहरुमा पूजा आराधना गर्ने भक्तालुहरुको खचाखच देखि भिडभाड रहेको थियो । शिवरात्रीको दिनमा भगवान् शिवको पूजाआजा र उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भक्तालुहरुले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो बेलपत्रलगायत पूजा सामग्री चढाएर पूजा गरेका थिए ।
विविध कार्यक्रमको आयोजना गरि मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको बताए । ब्राहमणहरुद्वारा लघु रुद्री पाठ, पिताम्बरेश्वर महादेवको विशेष पुजा अर्चना, प्रसाद वितरण, साँझ महाआरती, धुनी जागरण तथा शिव उत्सव र रात्रीकालिन भजन कृतन गरि महाशिवरात्री पर्व मनाईएको छ ।

