बुधबार, फागुन ०६, २०८२
मा प्रकाशित
1445
Shares
बर्दिया,माघ ६(फरकसमाचार)/ फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । बाँसगढी नगरपालिका–३ स्थित प्लाष्टिकले छोपेर राखिएको अवस्थामा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका थिए ।
नेपाली सेनाको टोली घटना स्थलमा पुगेर चेकजाँच गर्दा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
‘तर्साउनलाई प्रेसर कुकरमा मकैको पिठो जस्तो पदार्थ राखिएको थियो,’उनले भने,‘निर्वाचनको मिति नजिकिएसंगै प्रहरीले दैनिक गस्ती बढाएको छ ।’
