बुधबार, फागुन ०६, २०८२
मा प्रकाशित
1461
Shares
बर्दिया,माघ ६(फरकसमाचार)/ मृत अवस्थामा पाटे बाघको बच्चा फेला परेको छ । मधुवन नगरपालिका–१ स्थित शिव सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघको बच्चा सोमबार फेला परेको हो ।
अन्दाजी एक वर्षको पाटे बाघको बच्चा सडिसकेको अवस्थामा शिव सामुदायिक वनमा फेला परेको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिव बहादुर केसीले बताए ।
‘के कारणले मरेको खुलेको छैन,’उनले भने,‘सडिसकेकोले पोष्टमार्टन गर्न मिलेन ।’ सडिसकेको अवस्थामा फेला परेको बाघको बच्चा सोमबार नै गाडिएको जनाईएको छ ।
