बर्दिया,फागुन ७ / मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा कर्मचारी खटाउँने तयारीमा जुटेको छ । जिल्लामा कार्यरत कर्मचारीलाई मतदान केन्द्रमा पठाउनका लागि आन्तरिक गृह कार्य मूख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको हो । पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा दुई वटा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र छ । निर्वाचन क्षेत्र नं. २ का लागि निर्वाचन अधिकृतको कार्यालय राजापुर स्थापना गरिएको छ भने मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम गुलरियामा स्थापना गरी निर्वाचन सम्बन्धि कामलाई अघि बढाएको छ । प्रतिनिधि सभाको निर्वाचनको मिति फागुन २१ गते तोकिएकाले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउँन कार्यालयले काम गरिरहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए ।
मुख्य निर्वाचन अधिकृत कार्यालय अनुसार दुई वटा निर्वाचन क्षेत्रका लागि मतदान केन्द्र तोकिसकेको छ । निर्वाचन क्षेत्र नं. १ मा स्थायी र अस्थायी मतदान केन्द्र गरी दुई सय एक तोकिएको छ । दुई वटा निर्वाचन क्षेत्रका लागि ३ सय ८९ मतदान केन्द्र ताकिएको हो ।
निर्वाचन क्षेत्र नं १ मा एक सय ९९ स्थायी मतदान केन्द्र र अस्थायी दुई वटा तोकिएको छ । क्षेत्र नं १ का लागि ७५ वटा मतदान स्थल तोकिसकेको छ । एउटा मतदान स्थलमा एक देखि सात वटासम्म मतदान केन्द्र हुन सक्ने प्राबधान छ । मतदान स्थलगत अनुगमन र निरिक्षण मूख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठको उपस्थितिमा कार्यालयले सम्पन्न गरिसकेको छ ।
निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लका अनुसार दुई निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत ३ सय ८९ र सहायक मतदान अधिकृत ३ सय ८९ मतदान केन्द्रमा खटिनेछन् । यस्तै ३ सय ८९ कार्यालय सहयोगी खटिने मल्लले जानकारी दिए ।स्रोत नागरिकन्युज

