पारमाणविक विधेयक दफावार छलफलका लागि समितिमा
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २० : राष्ट्रियसभाको आजको बैठकले पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सदनमा प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले भौतिक पूर्वाधार तथा सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६सभासमक्ष पेश गरे ।

प्रतिवेदन पेश गर्दै उनले प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुईदुई जिल्लामा अन्तक्र्रिया गरिएको बताए । ती जिल्लामा भौतिक र जनशक्तिको उपलब्धता कारण सुशासन कायम हुन नसकेको तथा नमूना छनोटका आधारमा नगरपालिका एवं गाउँपालिकाका न्यायिक समितिको गतिविधि प्रभावकारी हुन नसकेको पाइएको उनले बताए । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन २१ गते दिउँसो १२:१५ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर