निकिता मैनाली
बर्दिया,फागुन १२ / दुवै तर्फ कर्णाली नदीले भवराटप्पालाई घेरेको छ । एका तर्फ गेरुवा भंगालो । अर्को तर्फ कणाली नदी दक्षिण बग्छ । गूल्जार भवराटप्पु विगतका दिन सदरमुकाम गुलरिया आउँन कष्टकर थियो ।
बर्खा याम नदी उर्लिदा सदरमुकामसँग सम्र्पक टुटथ्यो । अन्नको भण्डार राजापुर देशकै लामो पुल गेरुवा भंगालो बन्यो । पश्चिम तर्फ सत्तिमा पुल बन्यो । केहि समय यता सहज वातावरण भुवराटप्पुको एकाएक नदीले छेकेझै सडकमा निस्केको बाटो छेक्न थालेपछि जोखिम पुर्ण यात्रा गर्न राजापुर वासी बाध्य छन् ।
विगतलाई स्मरण गर्दै खैरीचन्दपुरका कुलापानीका अध्यक्ष रामकृष्ण चौधरीले दुःख बिसाए ,‘पहिला नदीले बाटो छेक्थ्यो,अहिले पाटे बाघले बाटो छेक्छ ।’
पूर्वबाट पश्चिम जाँदा खाता जैविकमार्ग हुदै कोठियाघाट पुल हुदै राजापुर पुगिन्छ । करिडोर भारतको कर्बेट नेशनल पार्क र बर्दिया नेशनल पार्कमा रहने वन्यजन्तुको खाता करिडोर एक मात्र आवागमन गर्ने मार्ग बनेको छ ।
हुलाकी सडकमा दिनहु बाघ निस्किएर बाटो छेक्दा सर्वसाधारण ज्यान जोखिममा परिरहेको छ । खाता जैविक मार्गमा भेटिएका एक भैसवारलाई बाघ देखिन्छ कि नाई भन्ने फरकसमाचारको संबादाताको प्रश्नमा उनी भन्दै थिए‘उ त्यै बाटो बाघ हिड्छ,हा हु गरेर बाघ भगााउँछौ,हाम्रा पशु चौपाया बचाउँछौ ।’उनले त्यसो भनिरहदा भने उनीसँग रहेका अन्यलाई जंगलको बाघले नखाएपनि मनको बाघले खाईसकेको उनको अनुहारमा प्रष्ट झल्कन्थ्यो । उनी एक प्रतिनिधि पात्र हुन ।
उनी जस्तै बाघ देख्ने धेरै छन् । मोटर वाईकमा हिड्ने कतिपय आवागमन कर्ता आफ्नै अघि बाघ देख्दा दुर्घटनामा परेका छन् । उक्त क्षेत्र अव्यबस्थित तरिकाले दश वटा ब्रेकर निर्माण गरिएको छ । वन्यजन्तु संरक्षणका लागि निर्माण गरिएको ब्रेकर यस्ता छन् कि ब्रेकर नजिक अहिले बाघ देखिन्छ । पहाड जस्तो ब्रेकरमा २० को स्पिड भन्दा रफ्तार भएमा दुर्घटना जोखिम हुन्छ । तर,ब्रेकर नजिककै गएर बाघ ढुकेर बस्ने हुनाले जतिखेर पनि बाघले आक्रमण सक्ने हुनाले यतिखेर सर्वसाधारण त्रासमा छन् । उक्त ब्रेकर व्यबस्थित नगर्दा सम्बन्धित निकायसँग जन आक्रोष बढेको पाईएको छ ।
बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबार गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ ।
अनिश्चित कालका लागि राति १० देखि बिहान ६ बजेसम्म दुईपांग्रे सवारी र पैदल यात्रुलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।
शनिबार दिउँसो बाइकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको थियो । उनलाई खासै क्षति हुन पाएन । उक्त बाघ ब्रेकर नजिकै बसेर आक्रमण गरेको थियो ।
खाता जैविक मार्ग र आसपासका जंगलमा आठ महिनायता बाघले ६ जनाको ज्यान लिइसकेको छ । दुई वालवालिका वयस्क महिला र तीन जनालाई आक्रमण गरेर ज्यान लिईसकेको छ । दिउँसो कम्तिमा पाँचवटा मोटरसाइकल समूहमा आउजाउ गर्नुपर्ने नियम बनाइएको छ । एक्लै आउजाउ गर्दा बाघको जोखिम भएकाले यो नियम बनाइएको प्रजिअ अधिकारी बताउँछन् । दुई किमि सडक खण्डमा घना जंगल भएका कारण सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनरक्षक परिचालन गरिएको प्रजिअ अधिकारीले जनाए । यसअघि नेपाल भारतको सीमा क्षेत्र भगरैया र धनौरामा बाघले पटक पटक मानिसमाथी आक्रमण गरिसकेको छ ।
यसैलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी विओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरीले दिनहु बाघ देखिने गरेको बताएका छन् । बर्दिया नेशनल पार्कमा १ सय बाघ रहेको कर्मचारी अनुमान गर्छन् । नेपाल र भारतका बाघ खाता जैविक मार्गबाट ओहोर दोहोर गर्ने हुदा बाघको आक्रमण जोखिम उक्त क्षेत्रमा बढिरहेको छ ।