बर्दिया, फागुन १४
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाको विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले विभिन्न नाकाबाट अवैध सामान नियन्त्रणमा लिएका छन् ।
पछिल्लो समय बर्दियामा सशस्त्र प्रहरीको सक्रियता बढ्दै गएको छ । सिमानाकामा सशस्त्र प्रहरीको उपस्थितीले तस्करी कम हुदै गएको छ ।
भारतबाट अवैध रुपमा ल्याउने अवैध सामान सशस्त्र प्रहरीले धमाधम पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको देखिन्छ ।
बिहिबार सशस्त्र प्रहरीले अवैध सामान भारतबाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको छ । सशस्त्र प्रहरीको अनुसार रु १ लाख ९ हजार ४ सय पचास बराबरको अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीको अनुसार बरामद सामानमा भाडा बर्तन, सुर्ति जन्य पदार्थ, मोटर पार्टस् र किराना आईटम रहेका छन् ।
सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।