पाल्पामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित

पाल्पा, फागुन १४  : जिल्लाको रामपुर नगरपालिका –७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

खप्टारबाटबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको थियो।  मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ। घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय