ज्ञानेन्द्र पोखरेल
बर्दिया, १९ फागुन / कोभिड–१९ दोस्रो चरणको खोप अभियान संचालन सम्बन्धि एक दिने अभिमुखिकरण मंगलबार बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखा बढैयातालको आयोजनमा पालिका स्तरिय कार्यक्रम भएको छ ।
यहि फागुन २३ गते देखि २९ गते सम्म संचालनमा रहने खोप अभियानलाई प्रभावकारी बनाउन अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए ।
यस कार्यक्रममा खोप लगाउने लक्षित समुह, उमेर समुह, खोप केन्द्र, खोपको प्रभावकारीता विषयमा बढैयाताल स्वास्थ्य शाखा उप–प्रमुख रमेश पौडेलले जानकारी गराएका थिए । बढैयाताल गाउँपालिकाको सबै वडामा समेत यस प्रकारको अभिमुखिकरण संचालन गरिएको छ ।
बढैयाताल गाउँपालिका उपाध्यक्षय दिपा कुमारी गौतमको सभापतित्वमा भएको कार्यक्रममा बढैयाताल गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन सुवेदी, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।