सवारी दुर्घटनामा परी ५ जना घाइते
शनिबार, फागुन २२, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, फागुन २२
बाँसगढी नगरपालिका–१ नेपाङमा बलेरो जिप दुर्घटना हुदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । आज दिउँसो नेपालगंज देखि जाजरकोट तर्फ जादै गरेको बा १४ च ८९७२ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप बाँके बैजनाथ गाउँपालिका–१ बस्ने ३५ वर्षिय टोपेन्द्र चन्दले चलाएका थिए । चालक चन्द गाडी सडक बाटोमा राखी इन्ट्री गर्न गएको बेला गाडी सडकबाट १० मिटर तल गई पल्टिदा दुर्घटना भएको हो ।

जिप पल्टिदा जिपमा सवार पाँच जना घाईते भएका छन् । घाईते हुनेमा जाजरकोट गर्खाकोट न.पा–५ बस्ने ६५ वर्षिय दल बहादुर बुढा, ५३ वर्षिय तुल्सरा खड्का, २५ वर्षिय उर्मिला सिंङ, बर्दिया बाँसगढी नगरपालिका–९ बस्ने ४२ वर्षिय बिर सिंङ बि.क. र ६५ वर्षिय जयसिंङ बि.क. घाईते भएका छन् । घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय