नगर शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित

निकिता मैनाली
बर्दिया, फागुन २३ / नगर शिक्षक संघको तेस्रो प्रतिनिधि सभा शनिबार राजापुरमा उद्घाटन शत्र सम्पन्न भएको छ । शिक्षक कर्मचारी हितमा काम गर्ने उदेश्यले गठित संघले अगामी सुखद कार्य गर्ने भएको हो । नेपाली काँग्रेसको सुभेच्छुक संघले अगामी दिन शिक्षक कर्मचारी हित गर्ने यस प्रतिनिधि सभा तय गर्ने भएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नारायण प्रसाद शर्माको सभाध्यक्षमा कार्यक्रम शुरु गरिएको थियो ।

सभामा राजापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । नेपाल संविधानले निर्माण गरेको तीन तहको सरकार अन्तरगत मा.वि तहसम्मको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको मातहतमा आईपुग्दा धेरै बाधा अडचन झेल्नु परिरहेको नेपाल शिक्षक संघको गुनासो छ ।

कम्जोर शिक्षा नीतिले निम्ताएको विभिन्न किसिमको पेशामा समस्या तथा चुनौती आएको छ । हामी शिक्षकको धेरै समस्याहरु छन् स्थायी, अस्थायी, अनुदान, विद्यालय कर्मचारी, विद्यालय सहयोगी, प्रदेश अनुदान, स्थानीय अनुदान तथा योग्यता अनुसार पाउनु पर्ने तलब भत्ता र अन्य सुविधाहरु नपाएको प्रेस विज्ञाप्तिमा उल्लेख छ । नेपाल शिक्षक संघले यस्ता किसिमका समस्याहरु समाधान गर्न स्थानीय सरकारसंग पहल गर्न आग्रह गरेको छ ।

नेपाल शिक्षक संघको प्रतिनिधि सभा कार्यक्रममा नेपाली काँग्रस क्षेत्र नं.२ का क्षेत्रिय सभापति दिपक जंग शाह, नेपाली काँग्रसे महाधिवेशन प्रतिनिधि विधा खनाल, राजापुर नगरपालिकाका प्रशासकिय अधिकृत धर्मराज न्यौपान, राजापुर नगरपालिका–४ का वडा अध्यक्ष रमन रेग्मी, उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मी लगायत कार्यक्रममा मन्तव्य राखेका थिए । यस्तै संघका केन्द्रिय नेता ज्ञानेन्द्र रावलले राजापुरका शिक्षकले यस अघि गरको आन्दोलनले पाएको उपलब्धी उदाहरणीय भएको धारणा राखेका थिए ।
नगरअध्यक्ष छप्पु राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय