सोमबार, फागुन २४, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन २४
मधुवन नगरपालिकाको ७औं नगर सभा आइतबार सम्पन्न भएको छ ।
मधुवन नगरपालिकाले जनताको गुनासो अनुसार अब देखि जग्गाको कर पहिलाको भन्दा आधा लिने निर्णय गरेको छ । त्यसैगरी किसानहरुको लागि पशु र कृषि तर्फ अनुदान थप गरेर लैजाने निर्णय गरेको छ ।
वडाबाट आएका योजना संसोधन लगायत अन्य ऐन लागु गर्ने नगर सभाले निर्णय गरेको मधुवन नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र हमालले बताए ।