सोमबार, फागुन २४, २०७७
मा प्रकाशित
0
Shares
आगलागीबाट करोडौंको क्षति

फागुन २४,(फरक समाचार )। बाँकेको नरैनापुर गाउँपालिकामा भीषण आगलागी भएको छ।
नरैनापुर वडा नम्बर १ स्थित सुइँया गाउँमा आज बिहान साढे ११ बजे आगलागी हुँदा २५ घर जलेर नस्ट भएका छन् ।आगलागीबाट करोडौंको जिन्सी सामानहरु तथा नगद जलेर नस्ट भएका छन् ।
गाउँपालिकाको दमकल ,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
गाउँपालिका अध्यक्ष शाहले आगलागीबाट पीडित बनेका गाउँहरुलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिएका छन् ।बगेशवोरी पोस्टबाट