तीन महिना भित्र अपराध नियन्त्रणको रिजल्ट दिन्छौ : एसपि कार्की
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, फागुन २६ / भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जिल्लाको शान्ती सुरक्षा भरपर्दो बनाउँने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकारसँगको साक्षात्कारमा सत्य तथ्य सूचना आधारमा परिचालित प्रहरीले तीन महिनामा रिजल्ट दिने विश्वास दिलाए ।

पत्रकार सुझाव संकलन गर्दै सीमा अपराध, मानव वेचविखन, अबैध ओसार पसार र शान्ती सुरक्षालाई प्राथामिकता दिने कुरामा उनले जोड दिए । प्रहरीले शान्ति सुरक्षासँगै घरेलु मदिरा र महिला हिंसा न्यूनिकरणका रणनितिक योजना अख्तियार गर्ने समेत उनले खुलाए । ‘अपराध रहित जिल्लाका रुपमा जिल्ला चिनाउँने प्रतिबद्धता व्यत्त गर्छु,’ उनले भने,‘त्यस्ता कुरा रिजल्ट बताउँनेछ, विश्वास गर्नुस् ।’ पछिल्लो समय बढिरहेको दुर्घटना न्यूनिकरणका ध्यान दिएर न्यूनिकरण उन्मुख प्रहरी काम गर्ने छ ।

मापसे गरि सवारी साधन चलाउँने , सार्वजनिक ठाउँमा अर्मयादित व्यबहार गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने उनले बताए । जिल्लाका मातहतका प्रमुखसँगको भेटघाटको प्रसङ्ग कोट्याउँदै आधारभुत सुरक्षाका लागि अविलम्वन लागु गर्न पर्ने योजनाको विषयमा छलफल गरेर रिजल्ट बेस काम गर्न ईलााका, प्रहरी चौकि र मातहतका निकायलाई निर्देशित गरेको कार्कीले खुलाए ।

जिल्लामा रहेका समस्याको बारेमा अध्ययन गरेर परिचालित प्रहरीले अपराध नियन्त्रणमा रिजल्ट दिने समेत उनले विश्वास व्यक्त गरे । ‘मैले मात्र गरेर सवैे समस्या समाधान नहुन सक्छ’उनले भने,‘तपाईहरुले साथ दिनु भयो भने काम गर्दै जान्छु, कामको बारेमा तपाईहरुलाई जानकारी हुन्छ ।’ ८२ दशमलव ५ किलोमिटर नेपाल भारतको सीमा र जोडिएका दर्जनौ गाउँ भएकाले शान्ती सुरक्षाको कुरामा प्रहरी सीमा क्षेत्रमा संवेदनशिल हुनु पर्ने औल्याउँदै त्यस तर्फ प्रहरीको ध्यान जान जरुरी भएको पत्रकारले सुझाव दिए । सामानुपातिक सूचना प्रबाहमा विशेष ध्यान दिनु पर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले बताए ।

‘निकटताको आधारमा सूचना दिँदा श्रमजिवि पत्रकार मर्कामा पर्ने उल्लेख गर्दै समानुपाति सूचना प्रबाह मेल वा फोनबाट सहकर्मीलाई सूचना दिन अध्यक्ष धितालले आग्रह गरेका थिए । पत्रकार भेटघाटनमा नागरिक दैनिक संवादाता निर्मल घिमिरे, प्र्रेस यूनियनका अध्यक्ष विनयराज भण्डारी, पत्रकार यम घिमिरे, डिल प्रकाश गौतम, बिष्णु तिमिल्सेना, दिपक श्रेष्ठ, भावुक योगी, दल बहादुर सुनार, नागरिक समाजका अध्यक्ष एवम पत्रकार बालकृष्ण ओली, दिपक शर्मा लगायतले जिल्लाको समसमायिसक विषय सुझाव दिएका थिए ।

कार्यक्रमको समन्वय र सुझाव संकलन जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् डिएसपि हेम बहादुर शाहीले गरेका थिए । प्रहरी निरीक्षक भुमिकामा यस अघि जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान काम गरिसकेका शाहीले डन प्रथा, सीमामा हुने तस्करी, मानव वेचविखन जस्ता समस्या पनि नियन्त्रण चासो देखाएका कारण शाही जिल्ला वासी माझ परिचित प्रहरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय