बुधबार, फागुन २६, २०७७
मा प्रकाशित
0
Shares
राम प्रसाद चौहान
बर्दिया, फागुन २६ / बाघको आक्रमणबाट बुधबार एक महिलाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका—३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको बिचबाट दिउसो १ बजेर ५० मिनेटको समयमा घाँस काट्न जादै गरेको अवस्थामा पाटे बाघले भम्टेर लगेको हो ।
मधुवन नगरपालिका—३ कि २८ वर्षिय रेनुका सुनारको बाघको आक्रमणबाट मृत्यु भएको छ । महिलालाई बाघले भम्टेर लगेको जानकारी पाउनसाथ प्रहरीले खोजतलास गर्दा दुवै सामुदायिक बनको सिमानामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
यस आर्थिक वर्षमा आठ जना मानिसको बाघ आक्रमणबाट मृत्यु भईसकेको छ ।