फरकसमाचार
बर्दिया, फागुन २७ / पूरानो हिन्दी मुभि ‘हात्ती मेरा साथी’को पटकथा सन्देश मुलुक छ । त्यस चलचित्रमा हात्ती र नायकको भुमिका रहेको यस्तो मिल्ती देखिन्छन् जुन लोभ लाग्दो हुन्छ । यस्तै झल्को अथवा प्यास मेट्ने गरी हात्तीलाई साथी बनाउँने अभियान निकुञ्जका मध्यवर्ती क्षेत्रका यूवा खटिने भएका छन् ।
हात्तीसँग झै झगडा नगरेर हातेमालो मार्फत हात्तीको र मानवको दिगो संरक्षण यूवाको काँधमा अभिभारा मध्यवर्ती यूवाका काँधमा थपिएको छ । वन्यजन्तु र मानव बिच बढ्दो द्धन्द्धले मानव र हात्ती संरक्षण समस्या उत्पन्न भएपछि काधमा जिम्मेवारी लिएर फिल्डमा खटिने यूवा भूमिका निभाउँन तप्परता देखाईरहेका छन् ।
उक्त अभियानमा बर्दिया राष्ट्रिय निकुञ्ज, उज्यालो नेपाल, जर्मन क्ओपरेश, एनएबियू, आईयूशिएन, मध्यवर्ती सहरकारी संस्था र ग्लोबल नेचर फन्डले भने यस अभियान सार्थकता दिने भुमिका निभाईरहेका छन् ।
हात्ती मेरो साथी मूभिको अब प्यास यूवाले झल्को मेटाउँने छ । बर्दिया राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुको सुरक्षाको जिम्मा लिन स्थानीय युवा सक्रिय देखिएका छन् । यतिबेला स्वयमसेविकाको भूमिका यूवा खटिनका लागि संस्थाले तालिम दिईरहेको छ । नेपाल र भारतको खाता करिडोरमा वन्यजन्तु आवागमन गर्दा द्धन्द्ध बढिरहेका बेला ‘हात्ती मेरो साथी’ को अवधाारण पूर्व वार्डेन तथा डा नरेन्द्र मान बाबु प्रधानले ल्याएपछि यस अभियानले चर्चा पाएको छ । प्रधानको अवधारण अनुरुप व्यवहारिक ज्ञानका लागि यूवा पुस्ता लागिपरेका छन् ।
नेपाली सेनाले गर्दै आएको काममा थप सहयोग ‘हात्ती मेरो साथी’ अभियानमा युवा खटिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
विगतमा यूवा परिचालन मार्फत वन्यजन्तु संरक्षण हितकर देखिएपछि यूवा सक्रियतामा ‘हात्ती मेरो साथी’ अभियानले सार्थकता पाउँने विश्वास लिएको छ । स्थानीय युवाले निकुञ्जको सहकार्यका लागि मध्यवर्ती क्षेत्र वरिपरि साईकल वा पैदल गस्ती, सुचना संकलन गर्ने समेत जिम्मेवारी पाउँनेछन् ।
हात्ती बस्तीमा पसेपछि सवाधानि अपनाउँने पर्ने र अंजगको हात्तीलाई लखेटेर भगाउँन भन्दा सुरक्षित कसरी हुने कुरा बस्तीमा अविलम्बन गर्ने कुरा यूवा पुस्ताले घर घरै पुराउँनेछन् । जसले गर्दा हात्ती संरक्षणमा टेवा पुग्ने अभियानको उदेश्य छ । अभियानमा सक्रिय यूवाले गाउँमा हात्तीबाट नोक्सान भएका नगदे वालीको मूल्याकंन गरेर राहत उपलब्ध गराउँनका लागि पहल गर्दा ‘हात्ती मेरो साथी’को अभियान सफल बन्ने अपेक्षा गरिएको छ ।
उक्त २०५५ साल देखि हात्तीको आक्रमणबाट बढि क्षति पुगेको ठहर गरेपछि यस अभियानलाई सफल बनाउँन पूर्व वार्डेन तथा उज्यालो नेपालका अध्यक्ष रमेश थापा आग्रसर देखिएका छन् । यस अभियान सार्थकतामा पुराउँनका लागि थापाले नेतृत्व गर्दैछन् ।
अन्नको नोक्सान हुने त्रासले हात्ती धपाउँदा स्थानीयले ज्यानको बाजी थाप्नु पर्ने भएको उल्लेख गर्दै गैडा मार्ने, बाघलाई पासो थाप्ने, चित्तल मार्ने तथा निकुञ्ज पस्ने गरेकाले संरक्षणमा स्थानीय सहभागी जरुरी भएकाले मानव र वन्यजन्तुको द्धन्द्ध न्यूनिकरणको अबधारण लागु गर्न ‘हात्ती मेरो साथी’ अभियान संचालन गरिएको थापाले जानकारी दिए ।
‘स्थानीय युवालाई संरक्षणको बारेमा सचेत गराईरहेका छौं,’उनले भने,‘स्थानीय यूवा भएकाले तत्कालै त्यस्ता संरक्षण विरुद्धमा लाग्ने गिरोह र हात्तीबाट कसरी बच्न सकिन्छ भन्ने घर घरमा यूवा मार्फत सुचना पुग्छ । ‘संरक्षण गर्नु हाम्रो दायित्व भन्ने यूवालाई बोध भएपछि ‘हात्ती मेरो साथी’ अभियान सफल बन्ने उनको भनाई छ । ‘हात्तीको आनी बानीको बारेमा अनभिज्ञ हुदा ठूल ठूला दुर्घटना भईरहेका छन्,’अभियानका सदस्य समेत रहेका शुशिल चौधरीले भने,‘अभियानमा लागेका युवाले ज्यान रहे जहान रहन्छ भन्ने प्रचार गर्नु जरुरी छ ।’
अभियानमा संलग्न यूवाका कारण ‘हात्ती मेरो साथी’ मूभिमा जस्तै यूवाले भूमिका निभाउँनेछन् । यस अघि देखि स्थानीय यूवाले संरक्षणमा गरेको योगदान सराहनीय भएको प्रमुख संरक्षण अधिकृत विष्ण प्रसाद श्रेष्ठले बताए । उनका अनुसार २०५५ साल देखि हात्तीको आक्रमणबाट ३८ जनाको ज्यान गईसकेको छ । यस्ता अप्रिय घटना अभियानले रोक्ने उनी बताउँछन् ।
निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका गणपति स्थानीय युवाले सुचना संकलनमा सेनालाई सहयोग पुराएको बताए ।‘हात्ती बस्तीमा पसेको कुरा थाहा पाए भने बच्ने र बचाउँने अभियानमा लाग्छन्’उनले भने,‘दुर्घटना हुनबाट बचाउँन मद्दत पुग्छ ।’अभियानको अवधारण ल्याउँने प्रधान नेपालकै हात्ती बिशेषज्ञको रुपमा परिचित व्यक्तित्व हुन् । उनले अघि सारेका अवधारणले संरक्षणमा टेवा पुगेको छ । मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्र राज आचार्य पछिल्लो समय हात्ती आक्रमणका घटना बढ्नु स्थानीयका कमि कमजोरी औल्याए । ‘सरकारले क्षति पूर्ति दिन्छ भने हात्ती लखेट्न जान भएन’उनले भने,‘हात्ती बस्ती भित्र पसे आफु बच्ने जुक्ती लगाउँन पर्छ ।’हात्तीसँग जुध्न जादा अप्रिय घटना घटेको उनले स्मरण गरे ।