राम प्रसाद चौहान
बर्दिया, फागुन २७ / अण्डर– १९ फोकस्ड क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आर.सि.बि विजय भएको छ ।
अण्डर– १९ फोकस्ड क्रिकेट प्रतियोगिता बिहीबार देखि गुलरिया नगरपालिका –५ सुुहेलवाको खेलमैदानमा शुरु भएको छ । बर्दिया उन्मुख युवा समाज गुलरियाको आयोजना, गुलरिया नगरपालिका– ६ को सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा प्रतियोगिता शुरु भएको हो ।
गुलरिया नगरपालिका– ६ का वडा सदस्य मोहम्मद अयुब हलवाईको अध्यक्षता, जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष तथा प्रदेश क्रिकेट संघका सदस्य विनयराज भण्डारीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो ।
उद्घाटन खेलमा ब्वायज गुलरिया र आर.सि.बि.गुलरिया टिम बिच खेल भएको थियो । टस जितेर पहिले ब्याटिङ्ग गरेको आर.सि.बि. गुलरियाले १ सय ९२ रनको लक्ष्य तेर्साएको थियो ।
१ सय ९२ लक्ष्यलाई पच्छ्याउदै ब्वायज गुलरिया टिमले निर्धारित ओभरमा जम्मा १ सय ८ रन बनाउन सफल भएको थियो । उद्घाटन खेलमा आर.सि.बि गुलरियाले ८३ रनले खेल जित्न सफल भएको छ ।
आर.सि.बि.टिमका ब्याट्सम्यान निश्चल चन्दले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ७५ रन बनाएर ‘म्यान अफ द म्याच’ घोषित भएको आयोजक बर्दिया उन्मुख युवा समाजका अध्यक्ष हिमांसु पोखरेलले बताए ।