संरक्षणको नाममा लाखौ खर्चिने संघ स" />
मान्छे खाने बाघले निम्त्याएको दुःख
शनिबार, फागुन २९, २०७७ मा प्रकाशित

संरक्षणको नाममा लाखौ खर्चिने संघ संस्था यतिखेर कुन दुलोमा पसेका छन् । रेकर्डमा दुई आर्थिक वर्षमा १३ जना मानिसको मृत्यु भएको उल्लेख छ । हिंसक बाघलाई नियन्त्रणमा लिन सक्ने डलरे संस्था तराई भू–परिधि, डब्लु डब्लु एफ, राष्ट्रिय प्राकृतिक संरक्षण कोष र वन डिभिजन अन्र्तगत लगानी संस्थाले आफैले संरक्षण गरेको बाघ नियन्त्रण लिन बेवास्ता गर्नुले सिंगो जिल्ला शोकमग्न बनाएको छ । बाघले ढुकेर बस्ने ठाउँका पहाड जस्ता ब्रेकर नहटाउँनुले कतिसम्म जनताको जिउ ज्यानमा खेलवाड गरेकोमा सर्वसाधरणको आपत्ती छ । प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनार आफै अनुगमन गरेको कोठियाघाट नजिक धराप जस्तो ब्रेकर हटाउँन के कति कारण ढिलाई भएको प्रश्न स्थानीयले प्रजिअ समक्ष तेर्साईरहेका छन् ।

बर्दिया, फागुन २९ (फरकसमाचार) / ६ महिना भित्र बाघको आक्रमणबाट मधुवन नगरपालिका– ३ मा पर्ने ५ जना मानिसको ज्यान गयो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा तीन जनाको लगातार बाघ आक्रमणबाट ज्यान गयो ।

भारत र नेपालको जैविकमार्ग खातासँग जोडिएका भग्रैया र धनौरामा ५ जनाको बाघको आक्रमणबाट ज्यान गईसकेको छ । ती मध्य दुई जना बालक थिए । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने गेरुवा गाउँपालिकाको दुई गाउँबाट तीन जनाको गरी ८ जनाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

बिहिबार भग्रैयामा घास काट्न हिँडेकि २८ वर्षिय रेनुका सुनारलाए झम्टेर खायो । कात्तिकमा रमेश थारु र दिनेश थारुलाई बाघले मा¥यो । रमेशको नातामा भिनाजु पर्ने दिनेशलाई खोज्ने क्रममा मान्छेको लहरमा पछि रहेको उनलाई बाघ एकै गासमा ज्याान लियो । दिनेश आक्रमण गरेको ठाउँमा रमेशलाई बाघले तानेको थियो । दुबै मृतक नाता शाला भेना पर्थे ।

यस्तै, बिहिबार बेलुका मध्यवर्ती क्षेत्रका ३५ वर्षिय सरोज कार्कीलाई बाघ आक्रमण गरेर घाईते बनायो । यस अघि पूर्व पश्चिम राजमार्गमा निस्केको बाघले कोहलपुरबाट उपचार गराएर फर्किरहेको अवस्थामा मोटरसाईकलबाट झम्टेर मोटरसाईकलमा सवार नन्दकला थापाको ज्यान लियो । पछिल्लो समय बाघले दिनहु घटना घटाएपनि सम्बन्धित निकायको उदासिनताले निकुञ्ज र करिडोर क्षेत्र आसपास सर्वसाधरणले असुरक्षित महशुश गरिरहेका छन् ।

खाता करिडोर क्षेत्रमा आक्रमण गरिरहेको बाघको अवस्था वन डिभिजन कार्यालयले पत्ता लगाउँन सकेको छैन । पाँच जना मान्छे खाने बाघ आफ्नो वासस्थान तर्फ फर्किएको डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले दाबी गर्छन् ।‘केहि कारण करिडोर क्षेत्रमा बाघ आय होला’उनी भन्छन्,‘अहिले बाघ आफ्नो वासस्थान तर्फ फर्किसकेको छ,महिनौ दिन क्यामरा बाघको तस्बिर कैद भएन ।’

प्राबिधिक टोली बाघ नियन्त्रणमा लिन खटिएपनि बाघ करिडोर क्षेत्रमा नरहेको वाग्ले बताए पनि बाघको आक्रमण रोकिएको छैन ।
यस अघि गेरुवा गाउँपालिकामा मान्छे मारेको आंशका निकुञ्जको टोलीले एउटा बाघ नियन्त्रणमा लिएको छ । उक्त बाघ पनि घटनास्थलमा नियमित देखिएपछि बाघ नियन्त्रणमा लिएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

स्रोतका अनुसार मान्छे खाने आंशका नियन्त्रणमा लिएको बाघ निकुञ्ज प्रशासनले कैदमा राखेको छ । तर,करिडोर र निकुञ्जको राजमार्ग र गेरुवा गाउँपालिाकामा आक्रमण गर्ने बाघ एउटै हो कि भन्ने स्थानीयको अनुमान छ । बाघले एक पटक मान्छेको मासु खायो भने मान्छेलाई मात्र आक्रमण गर्ने प्रबृतिलाई दोहाराउँने आदत हुने बिज्ञ बताउँछन् ।

धमाधम बाघले मान्छे खादा पनि सम्बन्धित निकायको उदासिनता माथी सर्वसाधरणले प्रश्न चिन्ह खडा गरेका छन् । निकुञ्जले नियन्त्रणमा लिएको बाघ पनि मान्छे खाने हो वा होईन एकिङ हुन सकेको छैन । तर,जताततै बाघ आक्रमण बढिरहेको छ । घरमा पालेका पशु चौपायमा पनि बाघ आक्रमण तिब्रता दिईरहेको छ ।

नेपाल भारतको संरक्षित वनबाट निस्केको बाघले भगतपुर,पहाडीपुर,लालपुरमा किसानले पालेको दर्जन बढी बाघ आक्रमण गरिसकेको छ । बर्दिया निकुञ्ज, जैविक मार्ग र भारतको संरक्षित वनसँग जिल्लाको अधिकांश ग्रामिण क्षेत्रसँग जोडिएको छ । निकुञ्जमा एक सयको हाराहारीमा बाघ रहेको निकुञ्जका कर्मचारीको अनुमान छ ।

अघिल्लो बाघ गणनमा वयस्क बाघ ८७ वटा रहेको सार्वजनिक भएको थियो । बाघको टेरोटोरी अभाव, शिकार अभाव, आफै आफैमा लडेर घाईते बाघ मान्छे आक्रमण गर्ने बिज्ञ बताउँछन् । निकुञ्जमा बाघको संख्या बढ्दा गाउँ र वस्तीमा गएर आक्रमण गर्ने गरेको निकुञ्ज कर्मचारी बताउँछन् ।

बाघ बस्ने टेरोटरी निकुञ्जमा अभाव भएका कारण झगडा गरेर बाहिर निस्केका बाघबाट सर्वसाधरण आक्रमण परिरहेका छन् । सम्बन्धित निकायले बाघको संख्याको अध्ययन गरी संरक्षित वन्यजन्तु बाघ कति वटा रहन सक्ने र के कति कारण मानिस बाघको शिकार भईरहेको बारेमा अध्ययन गर्न सके मात्र मानव र वन्यजन्तु घट्ने बिज्ञको भनाई छ । यद्दपि माानव र वन्यजन्तु विच द्धन्द्ध बढ्दा दुबै पक्षलाई नोक्सानी व्याहोर्न पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय