शनिबार, फागुन २९, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन २९ (फरकसमाचार) / भन्सार छली अवैध रुपमा ल्याउदै गरेको सामान सहित तीन जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ४ बजेको समयमा बढैयाताल गाउँपालिका– ६ आन्दोलन चोकमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ की २७ वर्षिय रिता थारु, ४५ वर्षिय दर्गा प्रसाद थारु र बढैयाताल गाउँपालिका–५ का ४५ वर्षिय मोहन लाल जैसी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार पक्राउ परेको सामानको मुल्य रु २६ हजार ९ सय ८० बराबरको छ । भन्सार छली किराना तथा सुर्तिजन्य सामान ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।