राम प्रसाद चौहान
बर्दिया, चैत १ / गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले शनिबार अरोमा कटेजको उद्घाटन गरेका छन् ।
गुलरिया नगरपालिका–८ स्थित सर्जुनदीको किनारमा सुबिधा सम्पन्न अरोमा कटेज शनिबार देखि संचालनमा आएको संचालकले जनाएका छन् ।
रमणिय ठाउँमा कटेज संचालनमा ल्याएको संचालक बताउछन् । अरोमा कटेज स्थानीय युवा उद्यमी भुपेन्द्र राउत, सुरज थापा मगर र प्रेम रोका मगरले संचालनमा ल्याएका छन् ।
अरोमा कटेज सर्जु नदी किनारमा खोलिएको छ । नदी तटिय क्षेत्रमा खोलिएको कटेज स्थानीय परिकार पस्केर ग्राहकलाई आर्कषण गर्ने संचालकको योजना छ । ‘हामीले नदी तटिय र शान्त वातावरण खानाको स्वाद दिएर ग्राहकको ध्यान आर्कषण गर्ने हाम्रो उदेश्य हो’ संचालक भन्छन्,‘कोलाहल मुक्त भएर परिकार स्वाद लिने अवसर ग्राहकले पाउँछन् ।’
संचालन आएको कटेजमा विभिन्न किसिमको फुलहरु लगाईएको आर्कषक छ । कृषिविकास कार्यालयको पछाडि पाँच सय मिटर दक्षिणमा रहेको सर्जुनदीको किनारमा अरोमा कटेज संचालनमा आएको छ ।
कटेजले सबै उमेरका ग्राहकको मन जित्न सफल हुने उद्यमी युवाहरुले विश्वास लिएका छन् । सर्जुनदीको किनारमा भएको कारणले प्राकृतिक सौन्दर्य, सर्जुतालमा रहेका चराचुरुङ्गीहरुको दृश्य र शान्त वातावरणले जोकोहीलाई आकर्षित गर्ने संचालक बताउछन् ।
दिनभरी काम गरेर जो सुकै व्यक्ति पनि शान्त वातावरणमा बसेर खाजा खाने रुचाउँछन् । आफै पनि होटेल व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरेको हुनाले सबै उमेर समूहलाई मध्यनजर गरेर खाजा नास्ताको व्यवस्था मिलाउने भुपेन्द्र रावउले बताए ।
युवाहरुका अनुसार स्वास्थ्यलाई मध्यनगर राखेर स्थानीय ठाउँमा पाइने लोकल कुखुरा, लोकल माछाका विभिन्न परिकार बनाउने जानकारी दिए । हप्तामा एक दिन विषेश छुटमा परिकारहरु उपलब्ध गराउने व्यवस्था गरिने जानकारी दिए । त्यसैगरी कटेज पनि बाँस र खरले निर्माण गरिएको छ । कटेज वातावरण मैत्री बनाउँन आकर्षक देखिनको लागि हरियो रङ रोगन गरिएको छ ।
स–साना बर्थ डे पार्टी र पार्टी प्यालेसका कार्यक्रम पनि समावेश गर्न सकिने गरी उक्त कटेजले व्यबस्थापन गरेको संचालकले बताएका छन् । नगर प्रमुख यादवले रिवन काटेर कटेजको उद्घाटन गरेका थिए ।