सीमावर्ती सामुदायिक वनका काठ तस्करी
मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

बर्दिया, चैत ३ (फरकसमाचार)
सामुदायिक वन र नेपाल भारतका सीमावर्ती जंगलवाट फँडानी गरि काठ तस्करी भईरहेको पाईएको छ ।

नेपाल प्रहरीको टोलीले बारबर्दिया नगरपालिकाको लठुवाघाटबाट ३ सय १४ दशमलव ७७ क्यूफिट काठ फागुन २८ गते बरामद गरको छ । ट्याक्टर सहित पक्राउँ गरिएका अबैध काठ प्रहरीले डिभिजन वन कार्यालय बुझायो । सिसौ र सागुन अबैध गोलीया बरामद गरेपछि वन डिभिजनको संरक्षण रहेका सामुदायिक वनबाट काठ तस्करी भईरहेको फेला पार्न प्रहरी सफल भएको । यस्तै यहि साता मधुवन ७ गंगावस्तीबाट प्रहरीले बेवारिसे अवस्थामा १८ क्यूफुट काठ बरामद गरेको काठ डिभिजन कार्यालय बुझाएको छ । यसअघि सय क्यू फिट बढी अबैध काठ नेपाल भारतको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरिसकेको छ ।

सीमा क्षेत्रसँग जोडिएका सामुदायिक वन र भारत तर्फको मुर्तीहा–कतरनिया जंगलमा चोरेका खयर र सिसौका काठ प्रहरी फेलापारेपछि अबैध काठलाई बैध बनाउँन गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरीले राजापुर नगरपालिकाको मुर्गहवा र दौलतपुरबाट १ सय ३४ क्यूफुट टोली खेतमा लुकाई छिपाई राखेको अबस्थामा साल र सिसौका गोलीया प्रहरीले बरामद गरेको थियो ।

बजार मूल्य चार लाख बराबर काचो साल काठ बरामद गरेपछि उक्त क्षेत्रबाट काठ तस्करी हुने गरेको तथ्य खुलेको हो । स्थानीय तहमा रहेका प्रहरीले आँखा चिँम्लिदा तस्करी मौलाउँदै गएको स्थानीयको आरोप छ ।
‘यँहा भारतबाट काठ सजिलै नेपाल छिर्छ, साुमदायिक वन पनि नजिक छन’ राजापुरका एक स्थानीयले भने,‘रोकथाम गर्ने निकायनै मौन बस्दा, समस्या उत्पन्न भईरहेको छ ।’

रातीको समयमा ट्याक्टर र लडिहाको प्रयोगबाट अबैध काठ समिलमा जाने गरेको उनले जानकारी दिए । उनका अनुसार एक दुईपटक बरामद गरेपनि तस्करीले निरन्तरता पाईरहेको छ । पछि गएर प्रहरीको सेटिङमा काम हुने गरेको उनले आरोप लगाए ।

सीमा क्षेत्रमा दर्जनभन्दा बढि काठका मिलमा अबैध चोरीका काठ पुग्ने गरेको स्रोतका दाबी छ । स्रोतका अनुसार अबैध काठलाई समिल पुराएर बैध बनाउँने काम गर्ने वन कर्मचारीको मिलिमतो हुने गरेको स्रोत दाबी गर्छ । गिरोह नै सक्रिय छ । ‘मिलवालाले आवादी र लिलामको काठ किनेर बन कार्यालयबाटै स्टक थप्छन्’स्रोतले भन्यो,‘स्टकको आधारमा अबैधकाठ बैध बनाएर पोखरा र काठमाडौं जस्ता देशका मुख्य शहरसम्म काठ लैजाने गर्छन् ।’ मुख्यगरि जमुनि, कालाबंजार, सानोश्री र गणेशपुरमा काठ तस्करी मौलाएको छ ।

जिल्लाबाट साधा पोशाकमा परिचालन भएको प्रहरी टोली छिटफुट रुपमा पनि अबैध काठ बरामद गरेको छ । तस्करी नियन्त्रण भन्दा बाहिर गएको छ । प्रहरीले बरामद गरेको अधिकांश काँचो पानी चुहिने काठ जस्तो देखिन्छ ।

भर्खरै काटेको जस्तो देिखने काठ समिल लैजाने क्रममा बरामद हुने गरेको प्रहरी भनाई छ । विशेष सूचनाका आधारमा राजापुरबाट खटिएको बिओपीको टोलीले राजापुर नगरपालिका भित्र पर्ने मुर्गहवा र दौलतपुरबाट लुकाई छिपाई राखेको अबस्थामा काठ बरामद गरेको सएसपि नर बहादुर रावतले बताए । ‘गोप्य सूचना लुकाई छिपाई राखेको अबैध काठ बरामद भएको छ,’एसपि रावतले भने,‘तस्करी रोक्न जिल्लाबाटै रणनितिक योजनाबाट प्रहरी परिचालन गरिएको छ ।’

नेपाल भारतको सीमा क्षेत्र पर्ने बढैयातालको जमुनि, मधुवन नगरपालिका सीमावर्ती गाउँ र राजापुर नगरपालिका काठको तस्करी हुने मुख्य नाका हुन । प्रहरीले तथ्याकंमा नेपाल र भारतको सीमा क्षेत्रबाट अबैध काठ बरामद गरेको लामो सुचि छ । प्रहरीको गस्ती टोलीले सिसौ, सागुन र सालका अबैध काठ फेला पार्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर