डिजेल र पेट्रोल बेवारिसे अबस्थामा फेला
बुधबार, चैत ०४, २०७७ मा प्रकाशित

बर्दिया, चैत ४ (फरकसमाचार)
प्रहरीले डिजेल र पेट्रोल बेवारिसे अवस्थामा आज बिहान फेला पारेको छ ।

बढैयाताल गाउँपालिका–८ नयाँबस्ती स्थित नेपालबाट भारत तर्फ लैजादै गरेको २ सय ९५ लिटर डिजेल र २५ लिटर पेट्रोल बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेका हो ।

फेला परेको चार वटा साईकलसहित डिजेल र पेट्रोल कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर