‘वनको बाघले नखाएपनि मनको बाघले खाईसकेको छ’
बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित

निकिता मैनाली

बर्दिया, चैत ५  / खाता करिडोरमा पर्ने भग्रैया र धनौरा गाउँ आजभोली चकमन्न छ । मन डढेको कसैले देखेनन, बन डढेको सबै देखे । यस्तै गुनासो विकल्प नभएका गाउँका बासीन्दा प्रशासनले लगाउँने करफु जस्तै बाघले लगाएको करफुमा बाच्न बाध्य छन् ।

दिउँसै बाघको आक्रमणको त्रासका जगजगी छ त्यस गाउँमा । अघोषित करफु लागे जस्तो घर बाहिर निस्कदा बाघको गाँस भईने जोखिम छ । गाउँलेका मलिन अनुहार । नयाँ मानिस देख्न साथ आँखा रसाउँछ गाउँलेको ।

घास र मेला पात जान बन्द छ । घरमा पालेका जनावर र आफु पनि भोकै भएको लामो समय बितेको छ । यस्तै दृश्य अवलोकन पछि सदरमुकाम गुलरिया फर्केका सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सचिवालय सदस्य महोम्मद कर खाँले लामो समय सम्म बाघ नियन्त्रणमा लिन नसक्नु राज्य संरक्षण निति असफल भएको चर्चा गरे ।

‘एउटै गाउँका पाँच जना मान्छे मारिएको घटना सामान्य हो र ? ’उनले प्रतिप्रश्न गर्दै भने, ‘मान्छे खाने बाघ नियन्त्रण लिनु नसक्नु राज्यको संयत्र नै फितलो भएको पुष्टि गर्छ’ राज्य मान्छे संरक्षण गर्नु भन्दा बाघ संरक्षण कुनै आधारमा जायज नभएको उनको भनाई छ । बाघ नियन्त्रण गर्न नसक्नु कस्तो फेलियर प्राबिधिक भग्रैया र धनौरामा प्रयोग गरिएको भन्दै खाँले व्यग्य गरे । फेलिएर प्रबिधि भित्राएर मान्छे खाने बाघ नियन्त्रणमा बेवास्ता गरेका कारण सरोकार वाला निकायको विरुद्धमा आन्दोलनको विकल्प नरहेको उनी बताउँछन् ।

हुलाकी सडकमा दिनहु बाघ निस्किएर बाटो छेक्दा सर्वसारधण ज्यान जोखिममा परिरहेको छ । खाता जैविक मार्गमा भेटिएका एक भैसवारलाई बाघ देखिन्छ कि नाई भन्ने फरकसमाचारको संबादाताको प्रश्नमा उनी भन्दै थिए‘उ त्यै बाटो बाघ हिड्छ,हा हु गरेर बाघ भगााउँछौ, हाम्रा पशु चौपाया बचाउँछौ ।’उनले त्यसो भनिरहदा भने उनीसँग रहेका अन्यलाई जंगलको बाघले नखाएपनि मनको बाघले खाईसकेको उनको अनुहारमा प्रष्ट झल्कन्थ्यो । उनी एक प्रतिनिधि पात्र हुन ।

उनी जस्तै बाघ देख्ने धेरै छन् । मोटर बाईकमा हिड्ने कतिपय आवागमन कर्ता आफ्नै अघि बाघ देख्दा दुर्घटनामा परेका छन् । उक्त क्षेत्र अव्यबस्थित तरिकाले दश वटा ब्रेकर निर्माण गरिएको छ । बन्यजन्तु संरक्षणका लागि निर्माण गरिएको ब्रेकर यस्ता छन कि ब्रेकर नजिक अहिले बाघ देखिन्छ ।

पहाड जस्तो ब्रेकरमा २० को स्पिड भन्दा रफ्तार भएमा दुर्घटना जोखिम हुन्छ । तर,ब्रेकर नजिककै गएर बाघ ढुकेर बस्ने हुनाले जतिखेर पनि बाघले आक्रमण सक्ने हुनाले यतिखेर सर्वसाधरण त्रासमा छन् । उक्त ब्रेकर व्यबस्थित नगर्दा सम्बन्धित निकायसँग जन आक्रोष बढेको पाईएको छ । बाघले छ महिनामा ९ जना खाइसकेपनि हुलाकी सडक आयोजनाले धराप जस्तो गरि बनाएको ब्रेकर नहटाउँनुले स्थानीय आक्रोषित भएका छन् ।

धराप जस्तो ब्रेकर नजिक पटक पटक समुहमा बाघ देखिने गरेको कोठियाटमा डियुटिमा खटिएका एक प्रहरीले बताए । शनिबार दिउँसो बाईकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको थियो । उनलाई खासै क्षति हुन पाएन । उक्त बाघ ब्रेकर नजिकै बसेर आक्रमण गरेको थियो ।

खाता जैविक मार्ग र आसपासका जंगलमा ६ महिनायता बाघले ६ जनाको ज्यान लिइसकेको छ । दुई वर्षमाम १३ जना एउटै गाउँ बाघ आहार बनाएपनि सम्बन्धित निकाय मुख दर्शक बनेको छ । वन डिभिजन कार्यालय बाघ नियन्त्रणका लागि भन्दै लाखौ रुपैया खर्च गरिसकेको छ । वन डिभिजनको क्षेत्र भएपनि उक्त क्षेत्रमा बजेट अभाव भएको भन्दै पन्छिएर बसेको छ । बाघ नियन्त्रणका लागि बजेट अभाव भएको वन अधिकृत महेन्द्रराज वाग्लेले बताए । ६ महिना अघि देखि वाग्लेले बाघ नियन्त्रणको बहानामा लाखौ रुपैया खर्च गरेपनि उपलब्धी नभएको भन्दै वन अधिकृत वाग्लेसँग स्थानीय रुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर