स्थानिय तहमा सरोकारवालाको संयुक्त अनुगमन
बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित

बर्दिया, चैत ५ / परियोजना संचालन भएका स्थानिय तहमा सरोकारवालाहरुले अनुगमन गरेका छन् ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको समन्वयमा सिकाई परियोजना संचालन भएका सामुदायिक बिद्यालयमा सरोकारवालाले अनुगमन गरेका हुन् ।

ठाकुरबाबा नगरपालिकाको वडा नं २ मा रहेको श्री त्रानोदय , प्राथामिक बिद्यालय वडा नं ९ काबेश्वर आधारभुत बिद्यालय बारबर्दिया नगरपालिकाको वडा नं ६ मा रहेको नवज्वती आधारभुत बिद्यालय वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय,गेरुवा गाउँपालिकाको वडा नं ५ मा रहेका सरस्वती आधारभुत बिद्यालय, कृष्ण दुर्गा आधारभुत बिद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रमम परियोजना संचालन हुनु पुर्वको अबस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिद्यालय ब्यबस्थापन समिती तथा शिक्षकसंग अन्तरकृया गरिएको थियो ।

अनुगमनका क्रममा बालबालीकाहरुको सुरक्षित बसाइका लागी भौतीक पुर्वाधार, कक्षाकोठाको ब्यबस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार र बालकेन्द्रित शैक्षिक वातावरण भए नभएको निरिक्षण गरिएको थियो ।

यसका साथै औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षाकोठामा शैक्षिक सामाग्रीको ब्यबस्था, कक्षाकोठामा सुचना प्रबिधिको प्रयोगको अबस्थाका बारेमा कक्षा कोठा अबलोकन एवम छलफल गरिएको थियो । अनुगमनका सहभागीहरुलाई प्राधानाध्यापकले परियोजना माफर्त बिद्यालयमा संचालन भएका कृयाकलाप र कृयाकलाप संचालन पछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराएको थियो ।

आजका बालबालीका भोलीका देशका कर्णधार भएको र बिकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेलेको साझेदारि तथा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानिय तहमा संचालन गरिएको सिकाइ परियोजना लाई उपलब्धी मुलक बनाउनका लागी पालिका संगको समन्वय र सहकार्य गरि सस्थाले काम गरिरहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

अनुगमनमा ठाकुरबाबा नगरपालिकाको नगर प्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा अधिकृत सिता कुमारी भण्डारी बारबर्दिया नगरपालिका नगरप्रमुख दुर्गा बहादुर थारु (कबिर) नगर प्रबक्ता दुर्गा बहादुर बिश्वकर्मा, शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डे गेरुवा गाउपालिका उपाध्यक्ष हिमकुमारी थारु शिक्षा शाखा प्रमुख नमराज अधिकारी वडा अध्यक्ष धर्म प्रकाश चोधरी सहभागीता रहेको र सरोकारवालाहरुको संयुक्त अनुगमन सोमबार बुधबार सम्म ६ वटा बिद्यालयमा अनुगमन निरिक्षण गरिएको थियो ।
स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर राजकुमारी चौधरी ,दशलाल चौधरी, सिमा वलीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर