बर्दियाको बढैयातालमा दुबै प्रहरीले रिजल्ट देखाउदै
बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, चैत ५
बढैयाताल गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मैनापोखर, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टले आ–आफ्नो कार्यसम्पादनको रिजल्ट देखाएका छन् ।
बढैयाताल गाउँपालिकाको वडा नं १, २, ६ , ७ र ८ भारतिय सिमानासंग जोडिएको वडाहरु हुन् । खुल्ला नाकाको फाइदा उठाउदै आएका तस्करका अबैध सामान धमाधम प्रहरीको कब्जामा परेपछी प्रहरीको उपलब्धी देखिएको हो ।
एक हप्ताको बिचमा ईलाका प्रहरी कार्यालय मैनापोखरले अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेका किराना तथा सुर्तिजन्य पदार्थ, खसी चोर, ठुलो परिमाणमा इन्धन नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टले जमुनी र कण्ठपुरले भारतबाट नपाल आउने कुखुरा, माछा, तरकारी जन्य समान नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । दुई दिनको बिचमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टले भारतको बलईगाउँ हुदै नेपाल तर्फ ल्याउदै गरेका करिब सय के.जी. बराबरको अबैध कुखुरा र १५ किलो ग्राम माछा वडाका अध्यक्ष र स्थानियको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टका प्रमुख भुवनेश्व न्यौपानेले जानकारी दिए ।
घरायसी प्रयोजनका लागि किनमेल गर्न भन्दै दैनिक सयौंको सख्यामा भारतिय बजार जानेहरुको संख्यामा कमी आएको र तस्करका गतिबिधीहरुमा पनि कमी हुदै आएको सुरक्षा प्रमुखहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर