लागु औषधको जालो केलाउँदै प्रहरी
शनिबार, चैत १४, २०७७ मा प्रकाशित

बर्दिया, चैत १४ / लागु औषधको जालो केलाउँदै जड सम्म पुगेर नियन्त्रण गर्ने (स्वीप अप्रेशन) अभियानमा प्रहरी सक्रिय देखिएको छ । लागु औषधको लतमा कसरी युवा पुस्ता फसिरहेका शुक्ष्म अनुसन्धान गरिरहको प्रहरीले अभियानको रुपमा ल्याएको सक्रियतासँगै जिल्लालाई नै ‘ड्रग्स फ्रि जोन’को रुपमा सन्देश दिन खोजेको छ ।

यस्तो अभियानमा खटिएको दक्ष प्रहरी अधिकृत सहितको टोलीले शिक्षक, अभिभाावकले आफ्ना सन्ततिले प्रारम्भिक रुपमा व्यबहार परिवर्तन गरेको भेटिए अभिभाव र शिक्षक दुबैले उनीहरु बिरुद्धमा पहिलो कदम चलाए यस अभियानले सार्थकता पाउँने बिश्वास लिएको छ ।
भरिया देखि व्यबसाय गर्ने च्यानलमा संलग्नता रहेका त्यस्ता गिरोहसम्म पुग्न जिल्ला प्रहरी कार्यालयबाट मातहतमा नेतृत्वमा रहेका कार्यालयका प्रमुखको नेतृत्वमा खटिएको टोलीले एक साता भित्र सफलता हात पार्दे आएको छ ।

नेपाल भारतको खुला सीमावर्ती क्षेत्र चुनौति रुपमा देखिएपनि रणनितिक योजना अनुरुप परिचालित प्रहरीले लागु औषध फस्न सक्ने संभावित अवस्थाको बारेमा सचेतनाका लागि अभिभावकलाई चनाखो बनाउँन समेत गतिबिधि अघि बढाएको छ । कहाँबाट लागु औषध आईरहेको छ, कस्ता व्यक्ति लागु औषधको व्यबसायमा संलग्न छन्, बिद्यालयमा लागु औषध सेवन कर्ता बढ्नुको कारण के हो, शिक्षकलाई कुलतमा फस्ने बिद्यार्थीको बारेमा जानकारी छ कि छैन, अभिभावकत्व भूमिका निभाउँन सक्रिय नहुदा समस्या उत्पन्न भएको हो कि यस्ता विषयमा प्रहरी शुक्ष्म ढंगले अध्ययन गरेको प्रहरी सफलताको निकटतामा पुगेर काम कारबाही अघि बढाईरहेको जनाएको छ ।

प्रहरीले मात्र छडि घुमाएर यस्ता अपराध नियन्त्रणमा नहुने निष्र्कष निकालेको प्रहरीले पहिलो चरणमा शिक्षक र अभिभावले भबिष्यका कर्णधार र मुटुका टुक्रा छोरा छारीको व्यबहार परिवर्तन भए पश्यात बेलैमा प्रहरीको सहयोग नलिरहेको कमि कमजोरी देखिएको औल्याएको छ । स्वीप अप्रेशनमा खटिएको प्रहरीले तथ्य सहित यहि साता प्रहरीको आधिकारी पेजमा पहिलो चरण लागु औषधको कुलतमा युवा रहेको खुलासा गरेको थियो ।

११ वर्ष र १९ वर्षको युवाको साथमा लागु औषध ड्रग्स सहित भेटाएपछि कुलतमा साना बालबालिका समेत भेटिएकाले अभिभावक चनाखो रहन दिएको सन्देशको सकारात्मक टिप्पणी गरिएको छ । शिक्षकले बिद्यार्थी कुलतमा फसेको थाहा पाएपछि दण्ड सजायको भागिदार बनाए अन्य बिद्यार्थी लागु औषध कुलतमा फस्ने सक्ने सम्भावना कम रहने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।‘

अभिभावकलाई पहिलो पाठसाला भनिन्छ भने शिक्षकलाई दोस्रो पाठशाला भनेर सम्मान गरिन्छ’उनी भन्छन्‘युवा अथवा बालबालिका कुलतमा देखिएपनि वास्ता नगरेपछि अभिभावक र शिक्षक तर्फ पनि औला ठडाउँने ठाउँ भएन र ?’स्वीप अप्रेशनले सकारात्मक रिजल्ट दिने भएपनि यसमा शिक्षक र अभिभावकको लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका रहने उनले खुलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर