बाणिज्य संघमा चुनावी सरगर्मी
शनिबार, चैत १४, २०७७ मा प्रकाशित

बर्दिया, चैत १४ (फरकसमाचार)

तापक्रमको डिग्री उकालो लाग्दै छ । तापक्रम बढेसँगै उखरमाउँलो मौसममा उद्योग बाणिज्य संघको चुनावी अधिबेशन तोकिएको छ । चुनाबी गतिबिधि बढाउँदा व्यबसायीलाई चुनावी गर्मीले छोएको छ ।

व्यबसायीको छाता संगठन नजिकिएको चुनवमा ठूला दलले पार्टीका आधिकारीक उम्मेदवार नाम सार्वजनिक नगरेसँगै यसपालिको संघको चुनावको सर्ब सहमतिमा व्यबसायीको नेतृत्व चयन गर्ने देखिएको छ ।
२२ गते चुनावी अधिबेशन पछि उद्योग वाणिज्य संघको निर्वाचनको मिति तोकिनेछ । करिब सात सय व्यबसायी संघमा नविकरण गराईसकेका छन् ।

नविकरण भईसकेका व्यबसायीको भोट हाल्ने अधिकार सुनिश्चित भईसकेको छ । पहिलो चरणमा अध्यक्षमा हिमाली ईटा उद्योग संचालक देवेन्द्र पाण्डेलाई सर्वसहमतिमा चुन्ने बिभिन्न तह तप्काबाट प्रयास भईरहेको छ । पुरानो व्यबसायी र राम्रो छविको पहिचान बनाएका पाण्डे सर्वसहमतिमा चयन हुन सक्ने आँकलन गर्छन् । छाता संगठनमा नेतृत्व लिएपछि एउटै छहारीमा व्यबसायीलाई राखेर संघको आर्थिक समृद्धि गर्न सक्ने एक मात्र पाण्डेको सर्वसहमतिमा त्रिपक्षित (नेपाली काँगे्रस, एमाले र माओवादी) नेतृत्वको जोड गरिरहेका छन् ।

बरिष्ठ उपाध्यक्षमा मनोज यादव र ईन्द्र श्रेष्ठले दाबी गरेका छन् । बरिष्ठमा यादवले नपाए अध्यक्षको चुनावी प्रतिस्पर्धा उत्रिने दाबी गरेका छन् । यस अघि संघको निर्वाचनमा ईन्द्र श्रेष्ठसँगको प्रतिपस्र्धामा यादव विजयी भएका थिए । तर श्रेष्ठलाई बरिष्ठ दिने वा यादवलाई बरिष्ठ दिने पनि नेतृत्वमा छलफल भईरहेको छ । सर्वसहमतिमा जाने अडानले यादव र श्रेष्ठलाई प्रतिस्पर्धामा नजाने सहमति हुन सक्ने अनुमान छ । यस्तै महासचिवमा अल्फा ईन्डस्ट्रीजका अशोक खड्कालाई सहमतिमा चयन गर्न पनि जोड चलिरहेको बुझिएको छ । अध्यक्ष पदमा पाण्डेको करिब करिब सर्वसहमतिमा हुन निश्चित भएपनि बरिष्ठ उपाध्यक्ष र सचिव दाबी गर्ने बढेकाले त्रिपक्षिय नेतृत्वले सहमति गर्न लागिपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर