बर्दिया, चैत १४(फरकसमाचार)
लघु बित्तले ऋणको भारी बोकाएपछि महिला थातथलो छोड्दै गरेको खुलासा भएको छ । सजिलै ऋण उपलब्ध गराउँने प्रलोभनमा फसेका महिला थातथलो छाड्न बाध्य भएको खुलासा भएको हो । अग्रिम किस्ता र सेवा शुल्क लिएर नखाएको व्याज असुल्न ताकेकता पछि सम्र्पक बिहिन भएर थातथलो छाडेको तथ्य सार्वजनिक भएको हो । सुरुमा फकाई फकाई ऋण दिने बहानामा समुहमा आबद्ध गराएपछि ऋण सहितको चक्रवति व्याज असुल्ने खुलेआम बेरोकटोक संचालनमा रहेका त्यस्ता संस्थाले महिला व्यबसाय नै टाट पल्टेपछि एक दर्जन
महिलाको भागा भाग भएको छ । सोझा महिलालाई अग्रिम किस्ता र सेवा शुल्क असुल्दा २० प्रतिशत व्याज तिर्न पर्दा महिला व्यबसायी देखि पलायन भएका हुन् । गुलरियामा लघु बित्तका ऋण खाएका महिला घर न घाटको भएको नयाँ शिराकि संस्थापक सदस्य ज्ञानुमाया रिजालले बताईन् ।‘कम पैसा दिने र त्यसैमा व्याज र साहु संस्थाले असुल्दा अधिकांश महिला पिडामा बाच्नु परेको छ,’उनले भनिन्‘लघु बित्तको अधिकांश महिला लघु बित्तको नेट वर्कमा फसेका छन्,कहाँबाट बाहिर निस्कने बाटो खोज्दै उम्कनै पाएका छैनन् ।
’मर्ज गरेर व्यबसायी महिला आर्थीक उन्नति तर्फ उन्मुख गर्नु पर्नेमा व्याज असुल्ने धन्धामा लागेको लघु बित्तले महिलाको हरि विजोग भएको उनले सुनाईन । एक पटक समुहमा आबद्ध महिला बाहिर ननिस्कने सक्ने जालो बनाएलकाले महिला बाध्यतामा पर्ने गरेको खुलेको हो । समुह आबद्ध हुदा पनि पैसा,बाहिर निस्कन पनि पैसा,र जवरजस्ती ऋण लिन पर्ने बाध्यता सिर्जना गर्दा महिला ऋणमा चुर्लुम्म डुबिरहेको खुलासा भएको हो ।
जिल्लाका अधिकांश लघुबित्त केन्द्रिय नेता देखि पहुँच वाला व्यक्तित्वमा संरक्षण संचालन भईरहेका लघु बित्त एकाधिकार समक्ष कसैको मुख खोल्ने आट नरहेको पिडित महिलाको भनाई छ । सयौ महिला फस्दा समेत लघु बित्तले के कसरी महिलालाई ठगि गरिरहेको र संस्थाको के उदेश्यका अघि बढिरहेको बिषयमा सरोकारवालाले वेवास्ता गर्नु जिल्लाको बिडम्बना भएको स्थानीयको आरोप छ ।