नेपालमा पहिलो सिकल सेल उपचार केन्द्रको भवन निमार्ण तिव्र गतिमा
शनिबार, चैत १४, २०७७ मा प्रकाशित

मेनका चौधरी
बर्दिया, चैत १४ / सिकल सेल उपचार केन्द्रको भवन निमार्ण काम बारबर्दिया नगरपालिकामा तिव्र गतिमा अघि बढेको छ । बर्दियामा सबै भन्दा बढि थारु जातीहरुमा देखीने सिकलसेलले थारुहरु हैरार भएपछि उक्त रोगको अस्पताल नेपालमा पहिलो बन्न लागेकोे हो । पश्चिम नेपालमै थारुहरुमा समस्याको रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोगको उपचार गर्न अस्पतालको निमार्ण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगर प्रमुख दुर्गा बहादुर थारुले बताए ।

बारबर्दिया नगरपालिकाको रु ४ करोड ३३ लाख ५० हजार ३८ रुपैया लगानीमा यो अस्पताल बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत बसन्त बहादुर शाहीले बताए ।

शाहीका अनुसार टीडीआर कन्स्ट्रक्सन प्रालि धनगढीले अस्पताल बनाउन सम्झौता गरी निर्माण गर्न लागेको हो ।
१७ कोठे अस्पतालको भवन निमार्ण भएपछि बारबर्दिया नगरपालिका सिकलसेल रोगका बिरामीहरु अन्तै उपचार गर्न जान नपर्ने भएपछि आफुहरु खुसी रहेको बडा नम्वर ६ का माया थारुले बताईन् ।

त्यसैगरी बारबर्दिया नगरपालिका वडा नम्वर ६ का स्थानीय वासीहरुले पहिले पहिले आफुहरु उपचार गर्न कहिले लखनौ, कहिले काठमाण्डौ र कहिले नेपालगंन्ज लगायत सहरहरु जादाँ धेरै दुख पाएको सुनीता थारुको भनाई छ । अव अस्पताल आफ्नै नगरपालिकामा बनेपछि दुख नपाइने बताईन् ।

७७ साल असार १० गते देखि भवन निर्माण कार्य सुरु भएको र ७८ साल पुष १० गते भवन निर्माण कार्य सम्पन्न हुने कन्स्ट्रक्सनका इञ्जीनियर दिपेन्द्र शाहले बताए ।

उक्त भवन निमार्ण भएपछि करिव ६० हजार बारबर्दिया नगरपालिकाका जनताले सेवा पाउने छन् । बर्दिया जिल्ला भरिका ४ लाख जनताले समेत उपचार सेवा पाउने आशा लिएको स्थानीय बासी सुनिताथारुले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर