बर्दिया, चैत १७ (फरकसमाचार) ‘कोन तालपर डम्पूm बाजे, कोन ताल मृदङ्ग, कोन तालपर गोरिया नाचे कोन तालपर हम ‘जोगिरा सरररररररर” यस्ता गित बज्दा सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको रौनक घटदै गएको छ । ओ रङ लेके खेल्ते, गुलाल खेल्ते राधासँग होली नन्द लाल खेल्ते यस्ता गितको उत्पतिले पनि जुन सद्भावको सौन्दर्य फागुपुर्णिमाको महत्व घटेको यसपालीको होली पर्व संस्कृतका जानकारले टिप्पणी गरे ।
पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए नआएको पत्तै पाइन छाडेको उनीहरुले प्रतिक्रिया दिए ।
भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा सुन्न छाडिएपछि फागु पर्वको रौनक हराउँदै गएको निर्माण व्यबसायी संघका अध्यक्ष भेषराज पौडेलले बताए ।
नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब होली रौनकले कम छोपीरहेको उनको भनाई छ ।
सांस्कृतिक यस्ता गीत हराएर अब चर्को स्वरका डिजेबाजामा छाडा गीत संस्कृति हुर्केको उनी बताउँछन् ।
‘तिथि मिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फूको तालमा सुनिने जोगिरा लोप भएको छअ,’उनले भने । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने होली पर्वमा हास–परिहास, ठट्टा गरिनेहरुबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र उसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुनछाडेको उनले अनुभव साटे ।
संस्कृतिको सम्झना मात्र नभई त्यो प्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तीता अतित बिर्साउने थरिथरिका रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको संस्कृतिका जानकारको दुखेसो छ ।