होलीका जलाउने क्रममा किसानको मकैबाली नष्ट
बुधबार, चैत १८, २०७७ मा प्रकाशित

बर्दिया, चैत्र १८ (फरकसमाचार) / होलीका जलाउने क्रममा गुलरिया नगरपालिका–८ थपावा गाउँका एक किसानको मकैबाली नष्ट भएको छ । थपुवा गाउँका राम भरोसे थारुले लगाएको मकैबाली परसपुर गाउँ नजिककै छ ।

परसपुरका गाउँलेहरु होलीका जलाउने क्रममा मकैबाली नष्ट गरेको किसान थारुको अरोप छ । मकैबाली खेतको बिचौबिचमा होलीका जलाउने क्रममा एक कठ्ठा मकैबाली नष्ट भएको किसान थारुले बताए । किसान थारुका अनुसार प्रत्यके वर्ष परसपुरका गाउँलेहरु मेरै खेतमा होलीका जलाउने गरेको बताए । अरु वर्ष बढी नोक्सान नगरेको र यस वर्ष बढी नोक्सान गरेकोमा थारुले दुखेसो पोखे ।

होलीकामा आगो लगाउने चलन परम्परा देखि चलिआएको चलन हो तर बाली लगाएर तयार भएको बिच खेतमा होइन, खाली ठाउँमा मनाउने किसान थारुले बताए ।

तयार हुन लागेको मकैबाली नष्ट भएपछि थपुवा गाउँका बुद्धिजीवि र परसपुरका बुद्धिजीवि राखेर छलफल गर्दा परसपुरका होलीका जलाउने क्रममा नोक्सान गरे वापत १ हजार ८ सय तिरेका छन् । यस वर्ष देखि त्यस खेतमा होलीका नजलाउने दुवै पक्षबिच सहमति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर