नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो मेयरकप खेलकुद प्रतियोगिता सुरु
बिहिबार, चैत १९, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, चैत १९ / अन्तर विद्यालयनगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो मेयरकप खेलकुद प्रतियोगिताको बुधबार देखि गुलरियाको कर्भहल मैदानमा सुरु भएको छ । ‘खेलकुदको विकास र संरक्षण, हाम्रो प्रतिवद्धता, हाम्रो अभियान’मुल नाराका साथ प्रतियोगिता सुरु भएको छ । गुलरिया नगरपालिकाभित्र रहेका विद्यालय मध्ये ४० माध्यमिक विद्यालय र १२ प्राथमिक विद्यालयका जम्मा १ हजार ८ सय ४४ विद्यार्थीहरुले यस प्रतियोगितामा भागलिएको जनाईएको छ । समग्र खेलकुद क्षेत्रको विकास गर्ने उदेश्य र लक्ष्य सहित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न थालिएको छ ।

प्रतियोगिताको प्रतिस्पर्धाबाट राम्रो खेलाडी उत्पादन हुने विश्वास आयोजकले लिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स, लगायतका खेलको प्रतिस्पर्धा हुनेछ । गुलरिया नगरपालिकाले विद्यार्थीहरुको खेलकुद प्रति हौसला प्रदान गर्न खेलकुदको आयोजना गरेको जनाएको छ । विद्यालयको मार्च पास प्रतियोगिताको सलामी पुर्व सिचाई मन्त्रीलाई दिएका थिए । मार्च पास प्रर्दशन गर्दा विभिन्न भेषभुषा र संस्कृति झल्किएको थियो । मार्च पास प्रर्दशनमा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थीहरु निकै खुसी देखिएका थिए । आ–आफ्नो विद्यालयका पोसाक र हातमाबाधेका झिलिमिलिले झन् आकर्षित बनाएको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुर्व सिचाई मन्त्री गौतम एंवम नगर प्रमुख मुक्तिनाथ यादवले संयुक्त रुपमा दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबार उद्घाटन भएको खेल पाँच दिन सम्म चल्नेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा पुर्व सिचाई मन्त्री गौतम, नगर प्रमुख यादव, प्रमुख जिल्लाअधिकारी सन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणका गणपति नर बहादुर रावत, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, गुलरिया नगरपालिकाका वडा अध्यक्ष, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उद्घाटन शस्त्रको कार्यक्रम गुलरिया नगरपालिका बरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर