दलबहादुर सुनार
बर्दिया, चैत १९ / आगलागीबाट क्षेति भएको फेन्सी पसलका संचालक बिष्णु श्रेष्ठलाई सितला बजार ब्यवस्थापन समितिको पहलमा सहयोग प्रदान गरएिको छ ।
बर्दियाको सितला बजारमा रहेको अबिना फेन्सि पसलका संचालक सुमित्रा श्रेष्ठलाई उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले उनकै घरमा पुगेर सहयोग स्वरुप रु ४७ हजार २ सय ९० हस्तान्तरण गरेका छन् ।
बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष तथा नागरिक समाजका संयोजक बालकृष्ण लामिछानेले स्थानिय उद्योगि ब्यापारी समाजसेबीको उपस्थितिमा संकलन भएको रकम हस्तान्तरण गर्दै भने, ब्यापारीहरुको हित अधिकारका लागि उद्योग बाणिज्य संघको सधै साथ र सहयोग रहने बताउदै यो रकम भनेको कुनै ठुलो सहयोग नभई पिडाको अवस्थामा हाम्रो पनि साथ छ है भन्ने जनाउन र आगलागीबाट भएको क्षेतीपुर्तिको लागि पनि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
बढैयातालका उद्योगि, ब्यापारीहरुबाट सहयोग स्वरुप प्राप्त भएको उक्त रकम सितला बजार ब्यबस्थापन समितिको पहलमा पिडितलाई सानत्वना स्वरुप उक्त रकम प्रदान गरिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष उद्धब न्यौपानेले जानकारी दिए ।
चैत्र २ गते अन्दाजी राति ९ बजेको समयमा बिद्युत सर्ट भई आगलागी हुदा ९० लाख बराबरको सामान जलेर नष्ट भएको पसल संचालक शुमित्रा श्रेष्ठले जानकारी गराएकी छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखरले चैत्र ३ गते नै घटनाको बारेमा अध्ययन अनुसन्धान गरिसकेको जनाईएको छ ।