दलबहादुर सुनार / ज्ञानेन्द्र पोखरेल
बर्दिया, चैत २० / अपाङ्गता भएका ब्यक्ति माथि हुने यौन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा सरोकारवालाहरुको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम बिहिबार बढैयातालमा सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइ राईट्सको सहयेगमा बढैयाताल गाउँपालिकाको समन्वयमा अपाङ्गता भएका ब्यक्ति माथि हुने यौन तथा लैङ्गिक हिंसाका घटनामा न्यूनिकरण र पिडितलाई न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि सरोकारवालाहरुको प्रतिबद्धता लिने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको हो ।
अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसाका घटनामा न्यूनीकरण गर्ने उद्देश्ले सञ्चालन गरिएको तालिमका सहभागिहरुले विशेष गरी समग्र महिला नै लैङ्गिक विभेदको मारमा परिरहेका र विभिन्न प्रकारका हिंसा, यातनाबाट पीडित हुने र अवसरबाट वञ्चित हुने, बलात्कार तथा यौन दुव्र्यवहारको सिकार हुने गरेका छन् । त्यसमा पनि अपाङ्गता भएका महिला लैङ्गिक भेदभाव र अपाङ्गताका कारण थप भेदभावको सिकार हुने गरेका छन् । तर त्यस्ता घटनाबाट बाहिर आउन नसकेको र न्यायको पहुच सम्म पुग्न नसकेको भन्दै छिटो छरितो न्याय दिने ब्यबस्थाको ग्यारेण्टी राज्यले गर्नु पर्नेमा सहभागिले जोड दिएका छन् ।
कार्यक्रममा अपाङ्गता भएका महिला माथि हुने हिंसा न्यूनीकरणका लागि बनाइएका कानुन, तिनको कार्यान्वयनको अवस्था, पहुँच युक्त न्याय, पहुँच युक्त संरचना र हिंसाका घटना न्यूनिकरणका लागि सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष रमा ढकालले सहजिकरण गरेकी थिईन् ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको समापन कार्यक्रममा पालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतम, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा कार्यालयका प्रमुख, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रतिनिधि, शिक्षा शाखा प्रतिनिधि, हिंसा निगरानी समुहका संयोजक, बिद्यालयका शिक्षक, नागरिक समाजका प्रतिनिधी, महिला अधिकार कर्मि, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका अभिभाबक, अपाङ्गता अधिकार कर्मि र पत्रकार लगायतको सहभागिता रहेको थियो ।
सहभागिहरुले कार्यक्रमको प्रसंशा गर्दै अपाङ्गगताको सवाल गम्भिर भएकोले नितिगत ब्यवस्थालाई ब्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।
२ दिन सम्म सञ्चालन भएको तालिममा समुदायमा आधारीत पुर्नस्र्थापनाका अध्यक्ष नेत्र प्रसाद सापकोटाले स्वागत र महासंघकी कार्यक्रम अधिकृत संगिता खड्काले कार्यक्रमको उद्ध्येश्य माथी प्रकाश पारेकी थिईन् ।