बर्दिया, चैत २२ (फरकसमाचार) / प्रहरीले संचालन गरेको ‘नो ड्रग्स’ अभियानको दोस्रो सातामा २५ सय लाभान्वित भएका छन् ।
१४ दिनको अवधिमा सो अभियानमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये एक जनालाई सुधार केन्द्र पठाइएको र दुई जनालाई कानुनी कारबाही गरेको जनाईएको छ । अन्य ११ जनालाई सम्झाई बुझाइ अभिभावकको जिम्मा लगाइएको छ । प्रहरीले लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि अभियान चलाइरहेको छ ।
त्यसमा विद्यालय र सार्वजनिक स्थानहरूलाई प्राथमिकतामा राखिएको छ । हालसम्म १५ वटा प्रवर्द्धनात्मक जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
जसमा २५ सय भन्दा बढी सर्वसाधारणहरू लाभान्वित भएको र यस प्रकारका गतिविधिहरूलाई विभिन्न निकायहरूसँग समन्वय गरी अभियानलाई प्रहरीले चलाई रहेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा हरेक स्कुल, वडा र समाजमा गएर बालबालिका तथा वयश्कहरूमा सचेतना जगाउने काम भइरहेको छ ।