आइतबार, चैत २२, २०७७
मा प्रकाशित
0
Shares
राम प्रसाद चौहान
बर्दिया, चैत २२ / गैडा गणनामा खटिएका कर्मचारीको बाघको आक्रमणबाट आज मृत्यु भएको छ ।
गत बुधबार देखि गैडा गणनामा खटिएका ३१ वर्षिय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । मृतक थारु गैंडा गणनामा खटिएको अवस्थामा बाघले आक्रमण गरेको हो ।
चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भईसकेको छ ।